बिहीबार, भदौ ११, २०८३

काठमाडौंमा आज पनि सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १५९ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज १५९ जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २ हजार ४७८ पुगेको छ। यीमध्ये काठमाडौंका १ हजार ९८८, ललितपुरका ३५८ र भक्तपुरका १६९ जना छन्।

केही दिनयता काठमाडौंमा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन्।

हिजो मंगलबार काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा देशभर ६८१ जना कोरोना संक्रमित थपिएका छन्।

हाल देशर सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ।

प्रकाशित: Aug 19, 2020| 16:20 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।