विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा १२३ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन्।
मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र भारतका २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
विराटनगरमा बुधबार ५२ जना संक्रमित थपिएका छन्। संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन्। मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ।
झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मंगलबार संक्रमण पुष्टी भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन्। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ।
प्रदेश १ मा मंगलबार २ जना डिस्चार्ज भएका छन् मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन्। प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन्।
प्रदेश १ मा मंगलबार १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
