बिहीबार, भदौ ११, २०८३

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता

नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

दल दर्ताका लागि निर्वाचन आयोगमा १२ असारमा निवेदन परेको थियो।

आयोगमा बुधवार नेकपा एमाले पार्टी दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त पार्टीको निर्वाचन चिह्न उदाउँदो सूर्य छ।

आयोगमा निवेदन दिएको करिब २ महिनापछि उक्त पार्टी दर्ता भएको हो। नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनीषकुमार उपाध्याय छन्।

नेकपाको आन्तरिक विवाद बढिरहेका बेला आयोगमा दर्ता भएको यो पार्टी दर्ता गराउन प्रधानमन्त्री केपी ओली पहल गरेको नेकपाकै नेताहरुले आरोप लगाएका छन्।

 

प्रकाशित: Aug 19, 2020| 16:19 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।