बिहीबार, भदौ ११, २०८३

कर्णाली प्रदेशमा ४३ संक्रमित थपिए

कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

सुर्खेत- कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा ३० जनामा ३० जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये सबैभन्दा धेरै सल्यानको बनगाड कुपिन्डेका १७ जना छन्। त्यसैगरी सुर्खेतका १० जना, दैलेख, डोल्पा र कास्कीका १–१ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ९ र बाँकेका १ जनामा कोरोना संत्रमण पुष्टि भएको छ।

दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका ४३ जनासहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १३० पुगेको छ।

यस्तै कर्णाली प्रदेशमा हालसम्म १ हजार ९३२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १९२ छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

प्रकाशित: Aug 19, 2020| 15:35 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।