बिहीबार, भदौ ११, २०८३

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बोगटी अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बोगटी अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

पहिलो पटक साउन ३० गते स्वाब परीक्षणमा ३२ गते नेगेटिभ रिपोर्ट आएकोमा भदौ २ गते पुनः परीक्षण गर्दा पोजेटिभ आएको बोगटीले बताए।

यसअघि बोगटीका स्वकीय सचिव टोपबहादुर शाहीलाई पनि संक्रमण पुष्टि भएको थियो।

बोगटी अहिले कीर्तिपुरस्थित त्रिवि कृषि अनुसन्धान तालिम केन्द्रको आइसोलेसनमा बसेका छन्। बोगटीले आफूलाई कुनै लक्षण नदेखिएको बताए।

प्रकाशित: Aug 19, 2020| 14:57 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।