बिहीबार, भदौ ११, २०८३

बिहेको प्रलोभन देखाएर बलात्कार, भारत लगेर बिक्री

बिहेको प्रलोभनमा पारेर युवतीलाई बलात्कार गर्ने र भारतमा लगेर बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– बिहेको प्रलोभनमा पारेर युवतीलाई बलात्कार गर्ने र भारतमा लगेर बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोट तादी गाउँपालिका–३ खरानीटार घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने २२ वर्षीय अर्पण तामाङ भनिने राजु तामाङलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

तामाङले बबरमहल बस्ने १७ वर्षीया एक किशोरीलाई बिहे गर्ने प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको र पछि साथीमार्फत् भारत लगेर बेचेको उजुरी व्युरोमा परेको थियो। तामाङले शुरुमा गोंगबुस्थित एक गेष्टहाउसमा लगेर बलात्कार गरेपछि किशोरीलाई आफ्नो साथीको जिम्मा लगाएको व्युरोले जनाएको छ।

साथीले गोंगबुबाट ट्याक्सीमा राखेर नारायणघाट हुँदै काँकडभिट्टा सीमा नाकाबाट भारतीय अपरिचित व्यक्तिको जिम्मा लगाएर नेपाल फर्केको प्रहरीले जनाएको छ।

भारतमा रहँदा थुप्रै शारीरिक तथा मानसिक यातना खेपेको भन्दै किशोरी आफैँ आएर उजुरी दिएपछि तामाङलाई पक्राउ गरेको व्युरोले जनाएको छ।

किशोरीले बेचिएको ठाउँबाट भाग्न सफल भएर एक नेपालीको सम्पर्कमा पुगेपछि उनैले गत असोजमा कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा बुझाएको खुलेको छ।

प्रहरीले स्थानीय एक गैरसरकारी संस्थामा राखिएकी किशोरीलाई आवश्यक परामर्शपछि आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। किशोरीले साउन २९ गते तामाङविरुद्ध उजुरी दिएकी थिइन्।

तामाङलाई मानब बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मुद्दा दर्ता भई अदालतबाट ७ दिनको म्याद थप भएको ब्युरोले जनाएको छ।

प्रकाशित: Aug 19, 2020| 14:17 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।