बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोली हानी हत्या गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ

गोली हानी हत्या गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ

गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। सिरहाको मिर्चैया नगरपालिका–५ बस्ने लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

११ असार २०६६ गते राति मिर्चैया नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्र कुमार यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए।

उनीहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले धनुषा जनकपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

प्रकाशित: Aug 19, 2020| 13:52 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।