बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली कांग्रेसको प्रश्न– प्रेस काउन्सिललाई स्वायत्त रहन दिने कि गुटगत प्रचार कोटरी बनाएरै छाड्ने प्रधानमन्त्रीज्यू ?

नेपाली कांग्रेसको प्रश्न– प्रेस काउन्सिललाई स्वायत्त रहन दिने कि गुटगत प्रचार कोटरी बनाएरै छाड्ने प्रधानमन्त्रीज्यू ?

नेपाली कांग्रेसले गुटगत प्रचारको कोटरी काउन्सिललाई बनाउने निर्णय फिर्ता लिएर सरोकारवालाहरुसँग संवादमार्फत् समाधानमा पुग्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– नेपाली कांग्रेसले गुटगत प्रचारको कोटरी काउन्सिललाई बनाउने निर्णय फिर्ता लिएर सरोकारवालाहरुसँग संवादमार्फत् समाधानमा पुग्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ र अन्य सरोकारवाला संस्थाहरुसँग संवाद र सहमति बेगर गरिएका र गरिने कुनै पनि कदममा प्रमुख प्रतिपक्षी दलको समर्थन नरहने जनाएका छन्।

‘सरकारले ठाडै हस्तक्षेपमार्फत् काउन्सिललाई नेकपाको, त्यहाँभित्र प्रधानमन्त्री निकट गुटको अझ त्यहाँभित्र पनि केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेसको प्रष्ट विमती छ,’ विज्ञप्तिमा भनिएको छ।

नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको शर्माको भनाइ छ।

‘विवादास्पद मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस काउन्सिलको औचित्य र अस्तित्वलाई नामेट गराउने सरकारको दुष्प्रयास विगतमा छँदै थियो,’ उनले भने, ‘त्यसले मूर्त रुप पाउन नसकिरहेको बेला काउन्सिलको जिम्मेवारीमा को व्यक्ति थिए, छन् या ल्याइएका छन्। हाम्रो चासो त्यसमा होइन, प्रश्न विधिको हो।’

विगतमा कुनै कमजोरी भएका थिए भने पनि त्यसलाई नजिरका रूपमा लिएर दोहोयार्उने नभई सच्याएर काउन्सिललाई राजनीतिक आग्रह मुक्त गर्नुपर्ने कांग्रेसको भनाइ छ।

‘स्वतन्त्र प्रेसको उच्च गरिमा राख्ने थलोका रुपमा परिष्कृत र विकसित गर्ने आजको समयको माग र आवश्यकता हो,’ कांग्रेसले भनेको छ, ‘तर नियन्त्रित प्रेसको बाटोमा सरकार श्रृङ्खलाबद्ध ढंगले कार्य गरिरहेको छ। नेपाली कांग्रेसले यसलाई गम्भीरतापूर्वक लिएको छ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ।

प्रकाशित: Aug 19, 2020| 13:43 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।