बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरानमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११८ पुग्यो

धरानमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११८ पुग्यो

धरानमा आज (बुधबार) ७१ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– धरानमा आज (बुधबार) ७१ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत धरान उपमहानगरपालिका–१५ की महिलाको आज बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

कोरोना संक्रमित ती महिलामा खोकी लाग्ने, श्वास फेर्न समस्या र ज्वरो आएपछि क्वारेन्टिनाट प्रतिष्ठानमा लगिएको थियो।

मृतक महिला दम र मुटु रोगबाट समेत ग्रसित रहेको बताइएको छ। २४ साउनको बिहान प्रतिष्ठानमा भर्ना गरेर उनको उपचार भइरहेको थियो।

शवको व्यवस्थापन नियमानुसार गर्ने तयारी भइरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। यसअघि प्रतिष्ठानमा नै मंगलबार राति ६७ वर्षीय महिलाको मृत्यु भएको थियो।

आज दिउँसोसम्मको तथ्यांकअनुसार नेपालमा ११८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।



प्रकाशित: Aug 19, 2020| 13:07 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।