काठमाडौं– राष्ट्रकवि माधव घिमिरेको निधनमा साझा प्रकाशनले बुधबार शोकसभा आयोजना गरेको छ।
घिमिरेले साझा प्रकाशनको मातृसंस्था नेपाली भाषा प्रकाशिनी समितिमा रहेर योगदान दिएका थिए।
साझा प्रकाशनका प्रशासन प्रमुख भेषराज घिमिरेका अनुसार राष्ट्रकवि घिमिरेले आफ्नो जागिरे जीवनको सुरआत सोही संस्थाबाट गरेका थिए।
प्रमुख घिमिरेले भने, ‘संस्थाको गतिशीलताका लागि आफू सदैव प्रयत्नशील रहने राष्ट्रकवि घिमिरेका अभिव्यक्तिलाई साझा प्रकाशनका सबै कर्मचारीले सदैव स्मरण गरिरहनेछन्।’
शोक सभामा महाप्रबन्धक होमप्रसाद गौतमले संस्थाले घिमिरेका एक दर्जनभन्दा बढी कृति प्रकाशित गर्ने अवसर पाएको बताए।
भौतिक शरीर अवसान भए पनि कविकर्मले घिमिरे सदैव जीवित रहने उनको भनाइ थियो। राष्ट्रकविको मंगलबार १०२ वर्षको उमेरमा निधन भएको थियो।
