बिहीबार, भदौ ११, २०८३

सच्चिने भो संसद्को लोगो

संघीय संसद्को लोगोका विषयमा व्यापक विरोध भएपछि संसद् सचिवालयले त्यसलाई सच्याउने भएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– संघीय संसद्को लोगोका विषयमा व्यापक विरोध भएपछि संसद् सचिवालयले त्यसलाई सच्याउने भएको छ।

सचिवालयले लोगो बनाउने जिम्मेवारी पाएको बाग्मती प्रदेशको घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरलाई मंगलबार फिर्ता गरेको हो।

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सच्याउनका लागि फिर्ता गरिएको बताए।

‘ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएकाले सोको सुधार र परिमार्जनका त्यस कार्यालयमा फिर्ता पठाइएको छ,’ प्रवक्ता पाण्डेले बुधबार विज्ञप्ति जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

ब्याच पिन तयार गर्ने सो कार्यालयबाट नेपालको अद्यावधिक नक्सा लगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए।

विज्ञप्तिमा संघीय संसद्का पदाधिकारी र सदस्यहरुले लगाउने संघीय संसद्को लोगोको ब्याज पिनका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति संघीय संसद् सचिवालयको ध्यानाकर्षण भएको जनाइएको छ।

साविकमा प्रयोग भएको लोगो रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखिएको छ भने संघीय संसद् नेपाल थपिएको छ।

सचिवालयले संघीय संसद्का पदाधिकारी र सस्दयहरुले लगाउने संघीय संसदको प्रतीक चिह्नको ब्याच पिन ३५० तयार गर्न बाग्मती प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरलाई २१ असारमा जिम्मेवारी दिएको थियो।

प्रतीक चिह्नको बनावट बिग्रिएको भन्दै सांसदहरुले नै विरोध जनाएका थिए।

प्रकाशित: Aug 19, 2020| 12:35 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।