बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय झन्डा जलाउने नौ जना पक्राउ, यस्तो कारबाही हुने

राष्ट्रिय झन्डा जलाउने नौ जना पक्राउ, यस्तो कारबाही हुने

राष्ट्रिय झन्डा जलाएको गीतसहितको म्यूजिक भिडियो सार्वजनिक गर्ने गायक पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरुविरुद्ध विद्युतीय अपराध ऐन अन्तर्गत पनि मुद्दा चलाउने जनाएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- राष्ट्रिय झन्डा जलाएको गीतसहितको म्यूजिक भिडियो सार्वजनिक गर्ने गायक पनि पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए। उनका अनुसार अहिलेसम्म उक्त प्रकरणमा संलग्न रहेका नौ जना पक्राउ परिसकेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं प्रहरी परिसर, अपराध महाशाखासहितको टोलीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको हो।

उक्त म्युजिक भिडियो १ भदौंमा मंगोल होप अफिसियल नामक युट्युब च्यानलमा अपलोड गरिएको थियो। भिडिओ मकवानपुरको बागमती गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको दृष्यमा देखिन्छ। उक्त गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाएको देखाइएको छ।

गीतका शब्दमा झण्डा र टोपीलाई अपमानजन शब्दहरु पनि प्रयोग भएका छन्। गीतमा झण्डालाई ‘ब्रा’ जस्तो भनिएको छ भने ढाका टोपीलाई कण्डम भनिएको छ।

‘देशद्रोही’ नाम दिइएको गीतमा शब्दहरु सुन्दा झण्डालाई अपमान गर्ने उद्देश्यले नै जलाइएको स्पष्ट हुन्छ। गीतको भिडियोमा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा झण्डा प्रयोग गरिएको छ।

साथै गीतमा पृथ्वीनारायण शाह, ज्ञानेन्द्र शाह, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शेरबहादुर देउवालगायत नेताहरुको तस्बिरसमेत जलाइएको छ।

मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ।

मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख छ। प्रहरीले उनीहरुविरुद्ध विद्युतीय अपराध ऐन अन्तर्गत पनि मुद्दा चलाउने जनाएको छ।

प्रकाशित: Aug 19, 2020| 12:07 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।