बिहीबार, भदौ ११, २०८३

अछामको बाढीमा बेपत्ता १० र मृतक ७ जनाको परिचय खुल्यो

अछामको रामारोशन गाउँपालिका ५, सान्तवडाको सैनी बजारस्थित नदीमा आएको बाढीले बस्ती बगाउँदा बेपत्ता भएका १० र मृतक ७ जनाको परिचय खुलेको छ ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

अछाम-अछामको रामारोशन गाउँपालिका ५, सान्तवडाको सैनी बजारस्थित नदीमा आएको बाढीले बस्ती बगाउँदा बेपत्ता भएका १० र मृतक ७ जनाको परिचय खुलेको छ ।

१७ जना वेपत्ता भएकोमा ७ जनाको शव भेटिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनीहरु सबैको परिचय खुलेको छ ।

वडा नम्बर ५ सैनी बजारबाट बगाएका स्थानीय नन्दु साउदको १० जना परिवारसहित सबैको परिचय खुलेको हो ।

जसमा बारला निवासी लालसरा शाह र उनका छोरा, हिक्मत शाहको २ जना परिवार, चन्दे साउद, बासु साउद र जोगा साउद रहेको रामारोशन गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउदले जानकारी दिए ।

उनीहरुमध्ये ६ जनाको शव दर्ना र मंगलसेनको कैलाश खोला छेउमा फेला परेको छ ।

घटनास्थल सदरमुकाम मगंलसेनबाट ४५ किलोमिटरभन्दा टाढा छ। सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्धारमा कठिनाइ भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

यी हुन् बेपत्ता र मृतकहरु

१ चन्द्र बहादुर साउद

२ बसुन्धरा साउद

३ नन्द सिं साउद

४ गंगा साउद

५ रुपेश साउद

६ जाेगा साउद

७ नवीन साउद

८ कबिता बुढा साउद

९ अमर बहादुर शाह

१० पवित्रा शाह

११ समीर शाह

१२ लालसरा शाही

१३ बसन्त शाही

१४ गाैरी शाह

१५ सम्झना शाह

१६ प्राप्ति साउद

१७ बिमा साउद

यीमध्ये मृतक ७ जना को को हुन् भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित: Aug 19, 2020| 11:50 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।