बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ११७ पुग्यो

वीरगन्जमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ११७ पुग्यो

पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका विर्ताका ८६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

वीरगन्ज– पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।

वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका विर्ताका ८६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

मृतक वृद्धमा कोरोनासँगै निमोनियाको पनि समस्या रहेको नारायणी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उनी साउन २३ गते अस्पताल भर्ना भएकोमा २६ गते कोरोना पुष्टि भएको थियो ।

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १७ पुगेको छ । यसअघि मंगलबार राति नै धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक र ललितपुरको पाटन अस्पतामा एक जनाको मृत्यु भएको हो ।

मंगलबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मृतकको संख्या १ सय १४ पुगेको जनाएका थिए ।

प्रकाशित: Aug 19, 2020| 11:10 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।