बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रकविको पार्थिव शरिरमा उपप्रधानमन्त्रीले ओडाए राष्ट्रिय झण्डा, आजै अन्त्येष्टि गरिने

राष्ट्रकविको पार्थिव शरिरमा उपप्रधानमन्त्रीले ओडाए राष्ट्रिय झण्डा, आजै अन्त्येष्टि गरिने

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत दर्जनौ साहित्य अनुरागीहरु उनको घर पुगेका छन् ।

उनको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । श्रद्धाञ्जली अपर्णको कार्यक्रम सकिए लगतै आर्यघाट लैजाने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै उनलाई अक्सिजन दिएर राखिएको थियो ।

वि सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरेले १४ वर्षको उमेरदेखि साहित्य यात्रा सुरु गरेका थिए । उनलाई २०६० असोज ९ गते तत्कालिन सरकारले राष्ट्रकविको उपाधी दिएको थियो ।

प्रकाशित: Aug 19, 2020| 10:41 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।