काठमाडौं- पाटन अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।
भक्तपुरको सूर्यविनायक स्थायी निवासी ६१ वर्षीया महिलाको बुधबार विहान पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय, ललितपुरका कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार ती महिला साउन २१ गते अस्पतालमा भर्ना भएकी थिइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको पुष्टि गरेको थियो।
