बिहीबार, भदौ ११, २०८३

बझाङमा पहिरोमा परेर दुई बेपत्ता, चार घाइते

लगातारको वर्षासँगै खसेको पहिरोमा परेर बझाङमा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

धनगढी- लगातारको वर्षासँगै खसेको पहिरोमा परेर बझाङमा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्।

जिल्लाको बुंगल नगरपालिका–५, मिडीमा गएराति गएको पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका हुन्। घर माथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको प्रहरीले जनाएको छ।

पहिरोमा परेर १४ वर्षीय सचिन ताम्राकार र बुंगल नगरपालिका वडा नम्बर ४, तीर्थबगरका दमन ओखेडाका पाँच वर्षीय छोरा सुदीप ओखेडा बेपत्ता भएको प्रहरीले जनाएको छ।

यस्तै, पहिरोमा पुरिएका ४० वर्षीय पिपला ताम्राकार र उनका १८ वर्षीय छोरी सुनिता र १२ वर्षीय छोरी टिन्टी ताम्राकार र १६ वर्षीय अनिल ताम्राकार घाइते भएका छन्। उनीहरुलाई स्थानीयहरुको सहयोगमा प्रहरीले उद्धार गरेको हो।

घाइतेहरुको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

“बेपत्ता दुई जनाको खोजी भइरहेको छ,” जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले भने।

प्रकाशित: Aug 19, 2020| 09:43 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।