बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा झनै फैलियो कोरोना, थप १०८ जनामा संक्रमण पुष्टि

पर्सामा झनै फैलियो कोरोना, थप १०८ जनामा संक्रमण पुष्टि

पर्सामा ३४ महिला सहित थप १०८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

पर्सा- पर्सामा ३४ महिला सहित थप १०८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा बहुदरमाई नगरपालिकाका मात्रै २३ महिला सहित ८१ जना रहेका छन् । थपिएका संक्रमितहरु ७ बर्षिय बालकदेखि ६५ वर्षीय वृद्धसम्म छन् ।

जिल्लामा एक स्थानीय तहमा मात्रै फेला परेका संक्रमितहरुको संख्या अहिलेसम्मकै उच्च हो । गत साउन २१ गते मेयर नितेन्द्र साह सहित २५ जना संक्रमित भएका थिए । त्यसयताको कन्ट्याक्ट् ट्रेसिङ्गका अधारमा गरिएको कोरोना परिक्षणमा संक्रमित बढ्दै गएको नारायणी अस्पतालका चिकित्सक डा निरज सिंहले बताए ।

वीरगंजबाट १३ किलोमिटर पश्चिममा पर्ने ९ वटा वडा रहेको बहुदरमाई नगरपालिकाको वडा नम्बर २,३ र ५ मा मात्रै ८१ जना संक्रमित थपिएका हुन्।

यसैगरी पर्साको बैरिया २ का २ महिला सहित ७ जना, जिराभवानी गाउँपालिका वडा नम्बर २ र ३ का २ महिला र २ पुरूष, नगरदाहा वडा नम्बर ३ का २ जना र छपहरमाईका एकजना संक्रमित थपिएका छन् ।

यता वीरगंज महानगरपालिकाको वडा नम्बर १६ नगवा र २५ चंडाल चोकका २ र२ जना, भारतीय दुतावासका एक महिला, वडा नम्बर १० घडिअर्वा, बहुअरी, गण्डक, ताजपुर, छपकैया, रेश्मकोठी, भिष्वा लगायतमा एक एक जना संक्रमित थपिएका हुन् ।

बारामा ८ र सप्तरीमा एकजना संक्रमित थपिए

बारा जिल्लाको श्री चण्डी गणका एक महिला सहित ४ जना संक्रमित थपिएका छन् । त्यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका दुईजना र प्रसौनि गाउपालिका, कलैया उपमहानगरपालिकाका एकएक जना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको पिसिआर ल्याबमै गरेको परिक्षणमा सप्तरी वडा नम्बर २ का एकजनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित: Aug 19, 2020| 08:39 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।