बिहीबार, भदौ ११, २०८३

चितवनका २० सहित थप ३० जनामा कोरोना पुष्टि

चितवनका २० सहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

चितवन- चितवनका २० सहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको ५०० वटा परीक्षणमा चितवनको २० जना सहित थप ३० जनामा कोरोना पुष्टि भएको हो।

चितवनका २० जनामध्ये भरतपुर महानगरपालिकाका १२ जना, राप्ती नगरपालिकाका २ जना, खैरहनीका ५ जना र रत्ननगर नगरपालपकाको १ जना छन्।

यस्तै नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाले जनाएको छ ।

चितवनमा सबैभन्दा धेरै मंगलबार राति भरतपुर महानगरपालिकामा संक्रमित थपिएका छन् ।

भरतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक हस्पिटलबाट गरिएको स्वाब संकलनबाट भरतपुरका ५ पुरुष र ७ महिलागरि १२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन् । उनीहरु भरतपुर–१, २, ३, ४, ७, १० र ११ का बासिन्दा हुन् ।

यस्तै खैरहनी नगरपालिका–३ का पाँच जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना मंगलबार विहान निधन भएकी १०९ वर्षीया वद्धा हुन् । अन्य चार जना संक्रमित ती वृद्धाको हेरचाहमा खटिएका महिलामा हुन् ।

राप्ती नगरपालिका–४ र ५ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र नारायणी सामुदायिक हस्पिटलबाट गरिएको स्वाब संकलनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती पुरुषको चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।

प्रकाशित: Aug 19, 2020| 07:24 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।