बिहीबार, भदौ ११, २०८३

राष्ट्रकविको निधनमा राष्ट्रपति दुःखी

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छन्।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छन्।

हिजो साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उनले पुर्याएको योगदानलाई सधैँ सम्झिरहने बताएकी छन्।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताएका छन्।

उनले पनि हिजो साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने जनाएका छन्।

राष्ट्रकविको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका उपाध्यक्ष बामदेव गौतम लगायतले दुःख व्यक्त गरेका छन्।

प्रकाशित: Aug 19, 2020| 06:31 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।