बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं- सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरंग, बुढीगंगा२ की ६७ वर्षीय महिलाको आज साँझ ४ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो।

उनी मुटुसम्बन्धी दीर्घकालीन रोगबाट ग्रसित रहेको र उपचार हुँदै गरेको प्रतिष्ठानले जनाएको छ।

विराटनगरस्थित विराट मेडिकल कलेजबाट रेफर गरिएकी उनी आजै बिहानै प्रतिष्ठानमा भर्ना भएकी थिइन्। अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरोसम्बन्धी समस्या देखिएपछि मेडिकल कलेजले उनलाई प्रतिष्ठानमा रेफर गरेको थियो।

शवको व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: Aug 18, 2020| 22:22 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।