बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुधबार रातिदेखि १० भदौसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

बुधबार रातिदेखि १० भदौसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधवार (भोलि) रातिदेखि १० भदौसम्म निषेधाज्ञा लागू हुने भएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधवार (भोलि) रातिदेखि १० भदौसम्म निषेधाज्ञा लागू हुने भएको छ।

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको आज (मंगलबार) बसेको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले नेपाल समयलाई जानकारी दिए।

सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

संक्रामक रोग ऐन, २०२० को दफा–२ को उपदफा–२ बमोजिम कोभिड– १९ उपचार, रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकारसमेत प्रयोग गर्न सबै प्रमुख जिल्ला अधिकारीहरूलाई अधिकार दिने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको थियो।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सेवा सञ्चालन गर्न पाइने छैन।

निषेधाज्ञा जारी भएसँगै सर्वसाधारणको आवतजावत बन्द हुने छ। मंगलबार मात्रै राजधानीमा २०५ जनामा कोरोना संक्रमण देखिएको थियो।

तीन जिल्लाका सुरक्षा प्रमुखहरूको बैठक बस्नुअघि काठमाडौं जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले उक्त बैठकमा काठमाडौंमा आइसोलेसनको अभाव हुन थालेकाले निजी अस्पताललाई आइसोलेसन कक्षका रुपमा उपयोग गर्नका लागि सिफारिस गर्ने निर्णय भएको बताए।

त्यस्तै संक्रमित बिरामी बोक्नका लागि एम्बुलेन्सको अभाव हुन थालेकाले काठमाडौं महानगरपालिकाको हकमा १५ वटा र अन्य नगरपालिकाको हकमा २ वटा कोभिड संक्रमित बिरामी राख्ने एम्बुलेन्स व्यवस्थापन गर्ने निर्णय भएको पनि जानकारी दिए।

प्रकाशित: Aug 18, 2020| 20:23 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।