बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकैपटक धेरैसँग सम्बन्ध राखेका कारण सुनसरीका गुणराजको हत्या

एकैपटक धेरैसँग सम्बन्ध राखेका कारण सुनसरीका गुणराजको हत्या

‘मृतक युवकको धेरै युवतीसँग सम्बन्ध देखिन्छ। तीनै युवतीका आफन्त मिलेर हत्या गरेका रहेछन्’
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ मा मृत भेटिएका २२ वर्षीय गुणराज यादवको प्रेम सम्बन्धकै कारण हत्या भएको खुलेको छ।

सुनसरी खोलामा साउन ३१ गते हत्या भएको अवस्थामा भेटिएका यादवको स्थानीय ५ जानाको समूहले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले प्रेम सम्बन्धकै कारण ५ जना मिलेर गुणराजको हत्या गरेको जानकारी दिए।

गाउँका धेरै युवतीसँग गुणराजको सम्बन्ध रहेको र त्यही कारण उनको हत्या भएको खुलेको थापाले बताए।

‘मृतक युवकको धेरै युवतीसँग सम्बन्ध देखिन्छ। तीनै युवतीका आफन्त मिलेर हत्या गरेका रहेछन्’ थापाले भने।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दिनेश महतो, पप्पु राम, दीपक यादब, प्रदीप राम, शिवकुमार मेहता र दिनेश मेहतालाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

उनीहरुले गुणराजको संवेदनशील अङ्गमा प्रहार गरेर घाँटी कसी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यापछि शव ब्यवस्थापन गर्न हात–खुट्टा बाँधेर बोरामा हालिएको र खोलामा नदेखियोस् भनेर ढुङ्गा पनि राखिएको प्रहरीले जनाएको छ।

गुणराज साउन २९ गतेदेखि बेपत्ता थिए। मोबाइल पसलमा काम छ भन्दै दिउँसो २ बजे साथी शिवकुमार मेहतासँग इनरुवा बजार जान हिंडेका उनी त्यसपछि नफर्किएको पारिवारिक स्रोतले जनाएको छ।

घट्नाविवरण अनुसार गुणराजलाई शिवले इन्द्रजित यादवको घर पुर्‍याएर फर्किएका थिए। इन्द्रजितको घरमा केही समय बसेर घर जान्छु भन्दै हिँडेका गुणराज बेपत्ता भएका थिए।

प्रहरीका अनुसार इन्द्रजितको घरबाट तीन सय मिटर नजिकै रहेको घन्सिबारीमा लुकेर बसेका शिवकुमारसहित पाँच जनाले गुणराजको हत्या गरेका हुन्। साउन ३० गते स्थानीय किसानले आफ्नो धान बारीमा रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलबाट प्लाष्टिकको डोरी, चप्पल, पप्पुले हातमा लगाउने माला, प्रदीपको घाँटीमा लगाउने मालाका दानाहरु, मृतक गुणराजको औंठी, चोकरको बोरा, प्लाष्टिकको डोरी, मृतकको झोला लगायतका सामान प्रहरीले बरामद गरेको थियो।

जिल्ला अदालत सुनसरीबाट तीन दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

 

प्रकाशित: Aug 18, 2020| 19:29 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।