बिहीबार, भदौ ११, २०८३

ललितपुरका थप ३ स्थानमा ट्राफिक लाइट सञ्चालन

ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउन ललितपुरका थप तीन स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं- ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउन ललितपुरका थप तीन स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ललितपुर महानगरपालिकाको सक्रियतामा पुल्चोक र हरिहर भवनको ट्राफिक लाइट नयाँ जडान तथा अल्का अस्पताल अगाडिको ट्राफिक लाइट मर्मत गरी सञ्चालनमा ल्याइको हो।

महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक भीम ढकालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाइ सहज, व्यवस्थित र चुस्त बनाउन ट्राफिक लाइट जडान गरेको बताए।

ट्राफिक लाइट सञ्चालन आएका स्थानहरूका नियम पूर्णपालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोधसमेत गरेको छ।

महाशाखाले ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (अनामनगर जाने चोक), पद्मोदय (सभागृह जाने चोक), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाउँ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाइट महाशाखाको सडक विभागसँग पहल गरी यसअघि नै सञ्चालनमा ल्याइसकेको छ।

प्रकाशित: Aug 18, 2020| 19:23 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।