काठमाडौं– चितवनमा आज (मंगलबार) बिहान मृत्यु भएकी १०९ वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ।
पूर्वी चितवनको खैरहनी नगरपालिका–३ की ती वृद्धाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
शंकास्पद व्यक्तिसँग भेट भएको थाहा भएपछि उनको सोमबार स्वाब परीक्षण गरिएको थियो। परीक्षणको रिर्पोट नआउँदासम्म वृद्धाको शव अस्पतालमै राखिएको र रिपोर्ट आएपछि नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिरहेको चितवन प्रहरीले जनाएको छ।
उनको स्वाब भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएको थियो। चितवनमा यसअघि पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भइसकेको छ।
