बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६८३ जनामा कोरोना संक्रमणपछि सप्तरीमा १५ गतेसम्म निषेधाज्ञा

६८३ जनामा कोरोना संक्रमणपछि सप्तरीमा १५ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

सप्तरी– कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ।
जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र सप्तरीको म‌गलबार बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताए।

सप्तरी जिल्लाभरि गत साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा आज मध्य राति सकिन लागेका बेला बैठकले पुनः थप गर्ने निर्णय गरेको बैठकमा सहभागी नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा राजनीतिक दल, नागरिक समाजसहित बसेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिँदै अवधि थप गर्ने निर्णय गरेको हो।

प्रजिअ आचार्यले जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या दुई सय नाघेको र विभिन्न स्थानमा संक्रमित बढिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिनुपरेको बाए

प्रजिअ आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकासहित सप्तरी जिल्लाभरि अनावश्यक हिँडडुल र आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञाको निर्णय गरेको जनाइएको छ।

अत्यावश्यक कामसमेत तोकिएबमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डको पूर्ण पालना गरी गर्न, गराउन निषेधाज्ञा जारी गरिएको बताउँदै प्रजिअ आचार्यले चाडपर्वसमेत घरपरिवारका बीच घरभित्रै मनाउन आग्रह गरेका छन्।

हनुहमाननगर कंकालिनी नगरपालिकामा आज एकै परिवारका आठसहित ११ जना संक्रमित देखिएपछि जिल्लामा संक्रमित ६८३ पुगेको स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार सप्तरीमा ९७ महिला र ५८६ पुरुष गरी कुल ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ।

बाँकी संक्रमितमध्ये ४८ महिला र ४१२ पुरुष गरी कुल ४६० जना निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजितकुमार झाले बताए। रासस

प्रकाशित: Aug 18, 2020| 18:18 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।