बिहीबार, भदौ ११, २०८३

सर्वोच्च अदालतका तीन कर्मचारीमा कोरोना संक्रमण

सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना संक्रमण पुष्टि भएको छ।
अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो। त्यसमध्ये एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

सर्वोच्चमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र एकजना न्यायाधीशको सुरक्षाकर्मी गरी दुई जनामा कोरोना पुष्टि भएको थियो। यो सँगै सर्वोच्च अदालतमा तीनजना व्यक्ति कोरोना संक्रमित भएका छन्।

कोभिड–१९ को महामारीका बेला तीनजना कर्मचारीमा संक्रमणि पुष्टि भएपछि न्यायालयमा काम गर्ने कर्मचारीमा त्रास बढेको छ। त्रास बढेसँगै अदालतले अत्यावश्यक सेवा मात्र दिने निर्णय यसअघि नै गरिसकेको छ। रासस

प्रकाशित: Aug 18, 2020| 18:09 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।