काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एटीएमबाट पैसा निकालेपछि हात स्यानिटाइजरले सफा गर्न आग्रह गरेको छ।
धेरैजनाले प्रयोग गर्ने एटीएमबाट पनि भाइरसको संक्रमण फैलने जोखिम रहने हुँदा यसको प्रयोगपछि हात स्यानिटाइज गर्न मन्त्रालयले आग्रह गरेको हो।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बैंकहरुलाई एटीएमलाई संक्रमणरहित बनाउन पनि सुझाव दिएका छन्।
त्यस्तै मन्त्रालयले अस्पतालमा भर्ना हुने संक्रमित भन्दा होम आइसोलेसनमा बस्ने संक्रमितहरु चाँडो निको हुने दाबी गरेको छ।
प्रवक्ता डा. गौतमले अन्य देशहरुमा पनि होम आइसोलेसनमा बस्नेहरुको अवस्थामा चाँडै सुधार आएको र मृत्युदर पनि कम हुने भन्दै सामान्य अवस्थाका संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न सुझाब दिएका छन्।
