बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एसईई गरेकी प्रदेश सभा सदस्य चुनकुमारी भन्छिन्, अब राजनीतिशास्त्र र कानुन पढ्छु

एसईई गरेकी प्रदेश सभा सदस्य चुनकुमारी भन्छिन्, अब राजनीतिशास्त्र र कानुन पढ्छु

सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरी एसईईमा जीपीए ग्रेड २.२५ ल्याएकी छन्।
 |  मंगलबार, भदौ २, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

मंगलबार, भदौ २, २०७७

vianetvianet

धनगढी– सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले एसईईमा जीपीए ग्रेड २.२५ ल्याएकी छन्।

Kumaribank

उनी चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षाको तयारीमा थिइन्। ‘परीक्षा नभएपछि ज्यादै खल्लो लागेको थियो। एकातर्फ खुसी छु भने अर्कोतर्फ अपसोच पनि लागेको छ।’ आफैंले लेखेर परीक्षा दिने सपना पूरा हुन नसकेको उनको भनाइ छ।

४२ वर्षीया चौधरीले अब राजनीतिशास्त्र र कानुन विषय लिएर उच्च शिक्षा अध्ययन गर्ने बताइन्।

कैलालीको गोदावरी नगरपालिका–६, बडेहा घर भएकी चौधरी सिद्धबाबा माध्यमिक विद्यालय गेटाबाट परीक्षा दिन लागेकी थिइन्।

उनी भागेश्वर आधारभूत विद्यालयमा कक्षा ८ मा पढिरहेका बेला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

Metro Mart

यसरी भयो चौधरीको स्कुल यात्रा

तेजराम चौधरी र बेलमती चौधरीको कोखबाट जन्मिएकी चुनकुमारी चौधरीको आमाबुवा कमैया थिए। उनलाई आमाबुवा जहाँ जान्थे, त्यहीं जानुपर्ने उनको बाध्यता थियो।

उनको १५ वर्षको उमेरमा विवाह भएको थियो। उनले विद्यालय शिक्षाभन्दा साक्षरता कक्षा लिएकी थिइन्।

आधारभूत कम्प्युटर शिक्षा र ड्राइभिङसमेतको सीप हासिल गरिसकेकी चौधरीले विद्यालय शिक्षा भने लिन सकेकी थिएनन्। उनले भनिन्, ‘जीवनको उच्चतम लक्ष्य प्राप्त गर्न शैक्षिक योग्यता अनिवार्य हुन्छ बुझेकी थिएँ। मेरो जीवनमा पाउन नसकेको कुनै चीज छ भने त्यो हो औपचारिक शिक्षा।’

सामाजसेवा हुँदै राजनीतितर्फ

सामाजिक गतिविधिमा सक्रिय चौधरी २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य बनेकी हुन्।

स्थानीय बडेहा चैटनीपुर महिला सामुदायिक वन उपभोक्ता समूहको सचिव र अध्यक्षको जिम्मेवारी सम्हालेकी चौधरी अत्तरिया रेन्जपोस्टअन्तर्गत फेकोफनको उपाध्यक्ष थिइन्।

उनले खानेपानी उपभोक्ता महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी पनि पाएकी थिइन्।

प्रकाशित: Aug 18, 2020| 18:10 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।