विराटनगर– प्रदेश १ मा थप ४२ जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ।
विराटनगरमा मंगलबार थपिएका ९६ संक्रमितमध्ये ४२ जना प्रदेश प्रहरी कार्यालय विराटनगरका रहेको प्रहरी स्रोतले बतायो।
कार्यालयका आइतबार ५० जनाको स्वाब संकलन गरिएकामा ४२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। योसहित प्रदेश प्रहरी कार्यालयमा संक्रमण हुनेको संख्या १२८ पुगेको छ।
स्वास्थ्य प्रमुख संक्रमित
स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतमा कोरोना देखिएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको बताएका छन्। यसअघि स्वास्थ्य कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएको थियो।
