बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देही प्रशासनको विशेष आदेश, सवारी साधन सञ्चालनमा पनि रोक

रुपन्देही प्रशासनको विशेष आदेश, सवारी साधन सञ्चालनमा पनि रोक

संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम विभिन्न गतिविधिमा रोक लगाइएको जिप्रकाले जनाएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

भैरहवा- कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर विभिन्न गतिविधिहरुमा रोग लगाएको छ।

संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम विभिन्न गतिविधिमा रोक लगाइएको जिप्रकाले जनाएको छ।

निषेध गरिएका गतिविधिः

-खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभा जुलुस गर्न।

-भीडभाड हुने गतिविधि जस्तै– जात्रा महोत्सव सञ्चालन गर्न।

-दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु।

-उद्योग/व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु।

-चाडपर्व लगायतका धार्मिक सांंस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु।

-शैक्षिक संस्थाहरु सञ्चालन गर्न।

-सबै प्रकारका गोष्ठि, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ   पुल, जिमखाना, समूहमा खेलिने खेल, खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न।

-फुटपाथ, खुला ठाउँ र ठेला गाडा/साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन गर्न।

-उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदारको ओसारपसार गर्न।
  टेक अवे बाहेक होटल/रेस्टुराँ सञ्चालन गर्न।

-वेलहिया नाका बाहेक अन्य नाकाबाट आउजाउ गर्न

-निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न (तर, मुख्य राजमार्गहरु सञ्चालनमा रहने)

 

प्रकाशित: Aug 18, 2020| 17:02 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।