बिहीबार, भदौ ११, २०८३

जंगली च्याउ खाँदा दाजुभाइको मृत्यु

प्रदेश ५ को पहाडी जिल्ला प्यूठानमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन्।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

भैरहवा– प्रदेश ५ को पहाडी जिल्ला प्यूठानमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन्।

जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ नौबहिनी ढाँडखोलामा जंगली च्याउको तरकारी खाँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा १३ वर्षीय सुगम घर्ती र १५ वर्षका सुरेश घर्ती रहेका छन्। एकै परिवारका दाजुभाइ उनीहरुको घरमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले बताए।

जंगली च्याउको पहिचान नगरी पकाएर खाएका मृतकका बुवा ३३ वर्षीया विष्णु घर्ती, आमा ३० वर्षीया लिला घर्ती र दाइ १७ वर्षीया शशी घर्ती बिरामी परेका छन्। उनीहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको छ।

 

प्रकाशित: Aug 18, 2020| 16:50 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।