बिहीबार, भदौ ११, २०८३

४७ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ?

मंगलबार पनि काठमाडौंमा कोरोना भाइरस संक्रमणको दर उच्च देखिएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– मंगलबार पनि काठमाडौंमा कोरोना भाइरस संक्रमणको दर उच्च देखिएको छ।

आज ४७ जिल्लामा कोरानो संक्रमित थपिएकामा सबैभन्दा बढी काठमाडौंमा १३८ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

झापामा २८ जना, खोटाङमा एक, मोरङमा १०८ जना संक्रमित थपिएका छन्। यस्तै ओखलढुंगामा एक, पाँचथरमा एक, संखुवासभामा तीन र सुनसरीमा आठ जना संक्रमित थपिएका छन्।

यस्तै उदयपुरमा दुई सप्तरीमा तीन, सिरहामा १६ र धनुषामा ६४ जनामा कोरोना संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा महोत्तरीमा २४ जना र सर्लाहीमा १०७ जनामा संक्रमण भएको छ। यस्तै बारामा ४२, पर्सामा १२८ र रौतहटमा ३७ जनामा कोरोना संक्रमण भएको छ।

सिन्धुलीमा एक, दोलखामा दुई, भक्तपुरमा १७ र धादिङमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ। आज सबैभन्दा बढी काठमाडौंमा १३८ जनामा संक्रमण भएको छ भने भक्तपुरमा १७ र भक्तपुरमा १७ जना थपिएका छन्। यस्तै काभ्रेमा २१, सिन्धुपाल्चोकमा तीन र चितवनमा ४९ जनामा कोरोना संक्रमण भएको छ।

मकवानपुरमा ३०, बागलुङमा तीन, गोरखामा दुई, कास्कीमा १६ र लमजुङमा एक जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

यस्तै पूर्वी नवलपरासीमा चार, स्याङ्जामा एक, तनहुँमा दुई र कपिलवस्तुमा १९ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पश्चिम नवलपरासीमा पछिल्ला चौबीस घण्टामा एकजनामा कोरोना संक्रमण भएको छ। यस्तै रूपन्देहीमा १४, दाङमा एक, रोल्पामा एक, बाँकेमा छ, बर्दियामा १९ र पश्चिम रुकुमा एक जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयको विवरणअनुसार सुर्खेतमा एक, दैलेखमा ५, कैलालीमा एक र डोटीमा ४६ जना संक्रमित थपिएका छन्। कञ्चनपुरमा एक र दार्चुलामा एक गरी आज देशभर एक हजार १६ जना संक्रमित थपिएको गौतमले बताए।

 

प्रकाशित: Aug 18, 2020| 16:35 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।