काठमाडौं– मंगलबार चार जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा सक्रिय कोरोना संक्रमित छैनन्।
त्यसैगरी काठमाडौं, पर्सा, रौतहट, महोत्तरी र मोरङमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
