काठमाडौं– काठमाडौं उपत्यकामा एकै दिन २०५ जना कोरोना संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २ हजार ३१९ पुगेको छ। यीमध्ये काठमाडौंका १ हजार ८४५, ललितपुरका ३४१ र भक्तपुरका १६१ जना छन्।
