बिहीबार, भदौ ११, २०८३

राष्ट्रिय झण्डा जलाउने एक पक्राउ

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य समावेश गरेर युट्युबमा अपलोड गर्ने एक जना पक्राउ परेका छन्।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं- म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य समावेश गरेर युट्युबमा अपलोड गर्ने एक जना पक्राउ परेका छन्।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो। 

महाशाखाका प्रवक्ता ईश्वर कार्कीले झण्डा जलाउनेमध्येका एकजनालाई पक्राउ गरिएको जानकारी दिए। भिडियोमा नेपाली झण्डा र ढाका टोपी जलाएको दृश्य छ।

उक्त दृश्य मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको बताइएको छ।

भिडियो ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको हाे।

कार्कीले झण्डा जलाउने कार्य राष्ट्र हितविरुद्धको गम्भीर अपराध भएकाले कारबाही हुने बताए। उनले झण्डा जलाउने कार्यमा संलग्न अरुको पनि खोजीकार्य भइरहेको जानकारी दिए।

मुलुकी अपराध संहिता ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ।

प्रकाशित: Aug 18, 2020| 15:46 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।