बिहीबार, भदौ ११, २०८३

कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा आज मंगलबार ६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज मंगलबार ६ जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमितमध्ये दैलेखको महावै गाउँपालिका वडा नं २, चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ८ का एक एक जना, वडा नं ९ का दुई जना र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं १ का एक जना छन्।

दैलेख अस्पताल दैलेख र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालाले संक्रमण पुष्टि गरेको हो। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार ८७ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै आज नै ८६ वर्षिया वृद्धासहित विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट चार जना डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९३२ जना पुगेको मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए।

प्रकाशित: Aug 18, 2020| 15:32 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।