बिहीबार, भदौ ११, २०८३

क्षतिपूर्ति नपाउँदा दुई बालकको शव अलपत्र

बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव दुई दिन बित्दासम्म उठाइएको छैन।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

धनगढी– बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव दुई दिन बित्दासम्म उठाइएको छैन।

दशरथचन्द नगरपालिका–२, देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लाबडको सोमबार खाल्डोमा डुबेर मृत्यु भएको थियो ।

मृतकका आफन्तले २० लाख क्षतिपूर्ति माग राखेर शव नउठाउने अडान लिएको वडाअध्यक्ष रनबहादुर बोहराले जानकारी दिए। 

मृतकका आफन्तले क्षतिपूर्ति माग गरेपछि निर्माण व्यवसायी र मृतकका आफन्तबीच छलफल हुने उनले बताए।

वर्षातको पानी जम्मा भएको खाल्डोमा खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको थियो। सडक निर्माणका क्रममा खनेकाे खाल्डाेमा पानी जमेकाे बताइएकाे छ।

प्रकाशित: Aug 18, 2020| 15:32 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।