बिहीबार, भदौ ११, २०८३

विराटनगरका ९६ सहित प्रदेश १ मा १३९ संक्रमित थपिए

प्रदेश १ मा मंगलबार २ हजार ६३१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७० हजार १०२ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

विराटनगर– प्रदेश १ मा आज (मंगलबार) १३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो।

मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन्।

मन्त्रालयका अनुसार विराटनगरमा ९६ जना संक्रमित थपिएका छन्, जसमा ३१ महिला र ६५ पुरुष छन्। बुढीगंगामा २ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, ग्रामथान र पथरी शनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला र ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष, सुनसरीको इटहरीमा १ महिला र २ पुरुष, धरानमा २ महिला १ पुरुष, संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २३२ पुगेको छ ।

प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १३३ पुगेको छ ।

प्रदेश १ मा मंगलबार २ हजार ६३१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७० हजार १०२ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: Aug 18, 2020| 15:27 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।