बिहीबार, भदौ ११, २०८३

चितवनमा पनि निजी प्रयोगशालाबाट कोरोना परीक्षण सुरु

चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पीसीआर परीक्षण गर्न सुरु गरेको हो। दैनिक १ हजार २०० नमुना परीक्षण गर्न सक्ने बताइएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– चितवनमा आजदेखि निजी प्रयोगशालमा पनि पीसीआर परीक्षण सुरु भएको छ।

हालसम्म सरकारी प्रयोगशालमा मात्र पीसीआर परीक्षण हुँदै आएकोमा चितवन मेडिकल कलेजको प्रयोगशालमा निजी खर्चमा परीक्षण सुरु भएको केडिकल कलेजका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले नेपाल समयलाई जानकारी दिए।

न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमुनाको ५ हजार ५०० रुपैयाँमा १० प्रतिशत थप गरी ६ हजार ५० रुपैयाँ शुल्क लिइनेछ।

चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पीसीआर परीक्षण गर्न सुरु गरेको हो। दैनिक १ हजार २०० नमुना परीक्षण गर्न सक्ने बताइएको छ।

योसँगै नेपालमा कोरोना परीक्षणको लागि नेपालमा सरकारी तथा निजी गरी ४१ वटा प्रयोगशालाबाट कोरोना परीक्षण भएको छ।

प्रकाशित: Aug 18, 2020| 15:22 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।