बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीज्यू, हामी आपतकालीन अवस्थामा छौं, यो युद्धको सामना गर्ने वातावरण बनाउनुस् : गगन थापा

प्रधानमन्त्रीज्यू, हामी आपतकालीन अवस्थामा छौं, यो युद्धको सामना गर्ने वातावरण बनाउनुस् : गगन थापा

'तपाईँको अहंकार, गैरजिम्मेवारीपन, अकर्मण्यता, हेपाहा प्रवृत्ति र म बाहेक कोही जान्नेसुन्ने छैन भन्ने मपाईँपनाका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर गयो।'
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं-  कांग्रेस नेता गगन थापाले कोरोना भाइरसका कारण देशमा आपतकालीन अवस्था भएको भन्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीलाई पत्र लेखेका छन्।

पत्रमा उनले काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ मा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरेका छन् ।
नेता थापाले अवागमन पूर्णरुपमा बन्द गर्न र अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु रोक्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

उनले कोरोनाको संक्रमण थप फैलन नदिन के के गर्ने भन्नेबारे पनि विस्तृत सुझाव दिएका छन् । पत्रमा उनले लेखेका छन्, 'तपाईँको अहंकार, गैरजिम्मेवारीपन, अकर्मण्यता, हेपाहा प्रवृत्ति र म बाहेक कोही जान्नेसुन्ने छैन भन्ने मपाईँपनाका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर गयो। तपाईँको सारा सक्रियता आफ्नो कुर्सी र गुट जोगाउन र आफ्नाहरूको पक्षपोषणका लागि भइरहेको छ।' 

उनले अगाडि लेखेका छन्, ‘...कारुणिक आशावादका साथ ५ महिना अगाडि देखि निरन्तर उठाइरहेका विषयहरूलाई पून: यो पत्र मार्फत ध्यानाकर्षण गराएको हुँ। सरकारको सकारात्मक पहलमा समन्वय र सहयोगका लागि त हामी हरदम तयारै छौँ ।'

यस्तो छ पत्रकाे पूर्णपाठ

प्रकाशित: Aug 18, 2020| 14:40 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।