बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणको रणनीति बनाउन सीसीएमसीको बैठक बस्दै

कोरोना नियन्त्रणको रणनीति बनाउन सीसीएमसीको बैठक बस्दै

यसअघि बसेको मन्त्रिपरिषद्को नियमित बैठकले नै आफ्नो क्षेत्रको अवस्था हेरेर संक्रमण रोकथामका लागि सुरक्षाका उपाय अपनाउन स्थानीय तहलाई र जिल्ला प्रशासन कार्यालयहरुलाई अधिकार दिएको थियो।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि आगामी रणनीति बनाउन कोभिड–१९ संकट व्यस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ।

हिजो सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारभित्रमा थप रणनीति तय गर्न सीसीएमसीलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनलगत्तै आज बैठक बस्न लागेको सीसीएसमीका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए। ‘कोभिड–१९ को संक्रमण बढ्दै गएपछि आवश्यक रणनीति बनाउन नै बैठक बस्न लागेको हो,’ उनले नेपाल समयसँग भने।

मंगलबार बस्ने बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म भइरहेको प्रयास र अब गर्नुपर्ने कामका बारेमा आवश्यक निर्णय गर्ने बुझिएको छ। बैठक आज साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्न लागेको हो।

संक्रमण रोकथामका लागि लकडाउन पुनः लागू गर्ने वा अन्य कस्ता योजना बनाउने भन्ने विषयमा छलफल हुनेछ। देशैभर संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहरुले नै निषेधाज्ञा गर्नेदेखि लकडाउनसम्म गरिरहेका छन्।

यसअघि बसेको मन्त्रिपरिषद्को नियमित बैठकले नै आफ्नो क्षेत्रको अवस्था हेरेर संक्रमण रोकथामका लागि सुरक्षाका उपाय अपनाउन स्थानीय तहलाई र जिल्ला प्रशासन कार्यालयहरुलाई अधिकार दिएको थियो।

प्रकाशित: Aug 18, 2020| 14:00 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।