बिहीबार, भदौ ११, २०८३

राष्ट्रिय झण्डा जलाउनेलाई कस्तो हुन्छ कारवाही ?

‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट हिजो सार्वजनिक भएको उक्त गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाएको देखाइएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– युट्युवमा सोमबार सार्वजनिक भएको एउटा र्‍याप गीतमा नेपाली राष्ट्रिय झण्डा र ढाका टोपी जलाएको दृश्यको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।

उक्त गीत सार्वजनिक भएसँगै राष्ट्रिय झण्डा र टोपी जलाउनेलाई कारवाही गर्नुपर्ने माग चर्को रुपमा उठेको छ।

‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट हिजो सार्वजनिक भएको उक्त गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाएको देखाइएको छ।

गीतका शब्दमा झण्डा र टोपीलाई अपमानजन शब्दहरु पनि प्रयोग भएका छन्। गीतमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ भने ढाका टोपीलाई कण्डोम भनिएको छ।

‘देशद्रोही’ नाम दिइएको गीतमा शब्दहरु सुन्दा झण्डालाई अपमान गर्ने उद्देश्यले नै जलाइएको स्पष्ट हुन्छ । गीतको भिडियोमा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा झण्डा प्रयोग गरिएको छ।

गीतको सुरुवातमा नै बाहुन–क्षेत्रीलाई शरणार्थी भन्दै गाली गरिएको छ। भारतबाट राजा अकबरले लखेटेर नेपाल आएका शरणार्थी बाहुन–क्षेत्री भन्ने शब्द गीतमा प्रयोग भएको छ।

साथै गीतमा पृथ्वीनारायण शाह, ज्ञानेन्द्र शाह, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवालगायत नेताहरुको तस्बिरसमेत जलाइएको छ।

गीतको भिडियो मकवानपुरको बागमती गाउँपालिका–३ स्थित विश्व आधारभूत विद्यालय क्षेत्रमा छायांकन गरिएको देखिन्छ।

यस्तो छ कानुनी व्यवस्था

मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ। मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख छ।

उक्त दफामा भनिएको छ, ‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुनेः

(१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

प्रकाशित: Aug 18, 2020| 13:10 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।