बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भजनीको बाढीमा ज्यान गुमाउनेका परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत

भजनीको बाढीमा ज्यान गुमाउनेका परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत

कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई दुई लाख राहत रकम उपलब्ध गराइएको हो ।

भजनी नगरपालिकामा गत साउन १४ गते आएको बाढीमा परी ज्यान गुमाएका भजनी–८ काढाँढिकका ईश्वर शाह, चक्रबहादुर विक र जनकपुरका एजिकल चौधरीका परिवारलाई प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले दुई दुई लाखको चेक हस्तान्तरण गरेका छन्।

उनले शाहकी श्रीमती शोभा शाह, विककी श्रीमती सावित्री विक र चौधरीका बुवा रमेश चौधरीलाई सो रकमको चेक हस्तान्तरण गरेका छन्। भजनीका बाढीपीडितले रकम पाएपछि राहत महसुस गरेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए।

“बाढीले भजनीमा त्रास सिर्जना भएको छ । बाढीमा बगेका परिवारमा थप पीडा छ,” उनले भने, “पीडामा राहत पाउँदा सरकार भएको अनुभूति पीडितले गरेका छन् ।”

भजनीमा बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका छन् । ती मध्ये केही घर फर्किए पनि अझै सयौँ परिवार हुलाकी राजमार्ग र सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् ।

पीडितले अझै बासस्थानमा फर्कन सक्ने अवस्था नभएकाले सरकारले उचित बासस्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्न थालेका छन् । भजनी नगरपालिका र विभिन्न सङ्घसंस्थाले प्रभावितलाई खाद्यान्न, लत्ताकपडालगायतका अत्यावश्यक राहत वितरण कार्य गरिरहेका स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिए।

प्रकाशित: Aug 18, 2020| 13:02 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।