बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट १२ घण्टामा ५ जनाको मृत्यु, मृतकको संख्या ११२ पुग्यो

कोरोनाबाट १२ घण्टामा ५ जनाको मृत्यु, मृतकको संख्या ११२ पुग्यो

सोमबार रातिदेखि मंगलबार बिहानसम्म कास्कीमा २, ललितपुरमा १, काभ्रेमा १ र बाँकेमा १ जनाको मृत्यु भएको हो
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट पछिल्लो १२ घण्टामा ५ जनाको मृत्यु भएको छ।

सोमबार रातिदेखि मंगलबार बिहानसम्म कास्कीमा २, ललितपुरमा १, काभ्रेमा १ र बाँकेमा १ जनाको मृत्यु भएको हो

पोखरा १६ का ८७ वर्षीय वृद्धको कोरोनाकाे कारण मंगलबार बिहान साढे १० बजे मृत्यु भएको पश्मिाञ्चल क्षेत्रीय अस्पतालले जनाएकाे छ। साउन ३२ मा अस्पताल भर्ना भएका ती वृद्धमा भदौ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखरा महानगरपालिका १० स्थित कास्की सेवा हस्पिटलमा उपचाररत एक महिलाको सोमबार राति मृत्यु भएको छ।

तनहूँ व्यास नगरपालिका निवासी ५० वर्षीया महिलाको सोमबार राति ११ बजेर ३६ मिनेटमा मृत्यु भयाे। उनको मंगलबार बिहान मात्रै कोरोनाको रिपोर्ट आएको थियो।

यस्तै मंगलबार बिहान ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। नवलपरासी पश्चिमका कांग्रेस जिल्ला उपसभापति सुवासचन्द्र गिरीको उपचारका क्रममा मृत्यु भएको हो।

काभ्रेको धुलिखेल अस्पतालमा धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय वृद्धको उपचारका क्रममा आज (मंगलबार) बिहान मृत्यु भयाे।

त्यस्तै सोमबार राति बाँकेको नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

पछिल्लो १२ घण्टामा थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११२ पुगेको छ। सोमबार अपरान्ह पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाबाट १०७ जनाको मृत्यु भएको जनाएका थिए । 

प्रकाशित: Aug 18, 2020| 12:33 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।