काठमाडौं- कास्कीको पोखरामा पछिल्लो १२ घन्टामा कोरोना भाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उद्धृत गर्दै पोखरा महानगरपालिका १६ का ८७ वर्षीय कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको जनाएको छ।
यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि तनहुँको व्यास नगरपालिकाकी एक महिलाको पोखरास्थित कास्की सेवा हस्पिटलमा उपचारका क्रममा सोमबार राति ११ः३६ बजे मृत्यु भएको थियो।
पोखरामा कोरोनाबाट एक महिलाको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि
