आइतबार, कात्तिक २, २०८२

मृत्युुपछि पीसीआर परीक्षण गराउन अस्वीकार

उपचारका क्रममा निधन भएका ठाकुरराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ताको पीसीआर परीक्षण गर्न परिवारले अस्वीकार गरेको छ।
 |  मंगलबार, भदौ २, २०७७

जियालाल साह

जियालाल साह

मंगलबार, भदौ २, २०७७

पर्सा– उपचारका क्रममा निधन भएका ठाकुरराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ताको पीसीआर परीक्षण गर्न परिवारले अस्वीकार गरेको छ।

Kumaribank

वीरगन्ज महानगरपालिका–१६ मिथिला नगर निवासी गुप्ताको सोमबार राति नारायणी बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
जीवित हुँदा पीसीआर परीक्षणमा बेवास्ता गरिएकाले मृत्युपछि परीक्षण गर्न आवश्यक नरहेको परिवारजनको भनाइ छ।

गुप्तालाई आइतबार समस्या बढेपछि वीरगन्जको एडभान्स मेडिकेयरमा भर्ना गरिएको थियो।

उनलाई अक्सिजन दिनुपर्ने भएपछि परिवारजनले दिउँसो ४ बजे गण्डकस्थित रहेको नारायणी बयोधा अस्पतालको आईसीयूमा भर्ना गराएका थिए।

परिवारजनले स्वाब संकलन नगरीकन दाहसंस्कारको तयारी गरेका छन्।

Metro Mart

दम तथा उच्च रक्तचापका बिरामी उनलाई विगत केही दिनदेखि ज्वरो तथा श्साप्रश्वासमा समस्या थियो।

परिवारजनले स्वाब संकलन गर्न नमानेको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ।

प्रकाशित: Aug 18, 2020| 12:25 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।