बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बाजुरा प्रस्थान

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बाजुरा प्रस्थान

सुदूरपश्चिम प्रदेशको बाजुरामा केही दिनअघि पहिराले क्षति गरेको क्षेत्रको निरीक्षण र राहत सामग्री वितरण गर्न गृहमन्त्री त्यसतर्फ प्रस्थान गरेका छन्।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– सुदूरपश्चिम प्रदेशको बाजुरामा केही दिनअघि पहिराले क्षति गरेको क्षेत्रको निरीक्षण र राहत सामग्री वितरण गर्न गृहमन्त्री त्यसतर्फ प्रस्थान गरेका छन्।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहसहितको टोली लिएर गृहमन्त्री रामबहादुर थापा बाजुरा प्रस्थान गरेका हुन्।

बाजुराबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद लाल बहादुर थापा, नेकपा सुदूरपश्चिम कमिटीका अध्यक्ष कर्ण थापा, नेकपा बाजुराका पार्टी अध्यक्ष कालीबहादुर शाही पनि टोलीमा सहभागी छन्।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले केही दिनअघि आएको बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण र अनुगमनको कार्यक्रम रहेको जानकारी दिए।

उनका अनुसार गृहमन्त्रीले बाजुराको गौमुल गाउँपालिका– २ सिम, बूढीगंगा नगरपालिकाको तापलिसेरा, बढीमालिका नगरपालिका, सदरमुकाम मार्तडी क्षेत्रमा राहत वितरण र अनुगमन गर्नेछन्।

प्रकाशित: Aug 18, 2020| 11:48 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।