बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्युठानमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु

प्युठानमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु

प्युठानमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन् ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

प्युठान- प्युठानमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन् ।

जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहानेमा जङ्गली च्याउको तरकारी खाँदा एकै परिवारका दुई दाजुभाइ मृत्यु भएको हो । वर्ष १५ का सुरेश घर्ती र वर्ष १३ का सुगम घर्तीको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

त्यस्तै ३५ वर्षीय विष्णु घर्ती, ३४ वर्षीया लीला घर्ती र १६ वर्षीय शशी घर्ती बिरामी परेका छन् । उनीहरूको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ ।

साउन ३१ गते जङ्गली च्याउ खाइसकेपछि उनीहरू बिरामी परेको र उपचार नपाएपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

त्यस्तै घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले बताए ।

प्रकाशित: Aug 18, 2020| 11:33 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।