आइतबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नवलपरासी पश्चिमका उपसभापतिको कोरोनाबाट मृत्यु

कांग्रेस नवलपरासी पश्चिमका उपसभापतिको कोरोनाबाट मृत्यु

कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।
 |  मंगलबार, भदौ २, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

vianetvianet

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नवलपरासी पश्चिमका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत उपसभापति गिरीको आज (मंगलबार) बिहान मृत्यु भएको हो । ३८ वर्षीय गिरी नवलपरासी सुस्ता पश्चिमका स्थायी बासिन्दा हुन् ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

सोमबार राति ११ बजेदेखि स्वासप्रस्वासमा समस्या आएको उनको बिहान ६ बजेतिर मृत्यु भएको हो ।

गिरीको केही समयअघि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि स्वासप्रस्वासमा समस्या देखिएपछि मेडिकल कलेजमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै सोमबार राति र मंगलबार बिहान गरेर ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।

प्रकाशित: Aug 18, 2020| 11:11 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।